जापान पठाइदिने भन्दैठग्ने पक्राउ

जापान पठाइदिने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।मोरङको सुनवर्षी नगरपालिका- ६ का ३७ वर्षीय अजयकुमार राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो।राजबंशीले वैदेशिक रोजगारीका लागि राजबंशी कोटामा जापान लगिदिने भन्दै रकम ठगेको भनि मोरङ र झापाका ३६ जना युवाले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

Japan Sandesh

मोरङले जानकारी दिएको छ।

३६ जनाबाट २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख छ । एक वर्षदेखि फरार अवस्थामा रहेका राजवंशीलाई शनिबार विराटनगरबाट पक्राउ गरिएको हो बैदेशिक रोजगारीका लागि जापानमा रहेका उनले राजवंशी कोटामा जापान लैजाने भन्दै राजवंशी समुदायका युवाहरुलाई प्रलोभनमा पारेर ठगी गरेको पाइएको छ |

 

 

Post a Comment

0 Comments