सिथि पर्व

नेवार समुदायले आज सिथि नखः पर्व मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगिलगायत गेडागुडीबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ ।

Sithi nakha
JAPAN SANDESH :- Newari khaja set

सिथि नखः हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिन मनाउने गरिन्छ । 

Japan sandesh

सिथि नखःका दिन हरेक वर्ष पानीको श्रोतलाई पुनः सरसफाइ गर्ने र आफू बसेको वातावरणलाई सरसफाइ गरेमा सभ्यताको विकास हुन्छ भन्ने मान्यताका साथ पानीको श्रोत इनार, कुवाको पनि सरसफाइ गरिन्छ । इनारको विशेष पूजा गरी इनार भित्र गएर सफा गरिन्छ ।

सफा गरी सकेपछि चार दिनसम्म यो इनारबाट पानी तानिँदैन, छोपेर राखिन्छ । चार दिनमा फेरि पूजा गरेर मात्र पानी लिने चलन छ । अहिलेको मौसममा पानीको सतह कम हुने र सफा गर्न सहज हुने भएकोले पूर्वजहरुले यो दिनलाई उपयुक्त मानेको हुन सक्ने अनुमान स्थानीय समुदाय गर्ने गर्दछ । यो संगै हरेक महिना आईरहने चाड समापन हुने गर्दछ   भने पून गठेमंगल को दिन बात चादपर्ब को मौसम सुरू हुने छ ।

 

Post a Comment

0 Comments