डिएनए परीक्षणबाट आरती नै भएको पुष्टि

Japan Sandesh
मार्चको १७ तारिखदेखि वेपत्ता भएकी चितवनकी आरती खनालको शव ओशाकाको समुन्द्रमा भेटिएको छ । समुन्द्रमा तैरिरहेको अवस्थामा भेटिएको सो शवको डिएनए परीक्षणबाट आरती नै भएको पुष्टि जापान प्रहरीले गरेको छ ।

वेपत्ता आरतीको खोजी गर्ने क्रममा यही मे ८ तारिखमा आरती बस्ने स्थानभन्दा करिब २० किलोमिटर टाढा समुद्रमा तैरिरहेको अवस्थामा शव भेटिएको थियो ।

परिचय नखुलेको शवका रुपमा भेटिएको शवसगै पैसा मोबाईल सहित साईकलको चाबी पनि भेटिएको भए पनि खनालको परिवारका सदस्यको डिएनए परीक्षणपछि शव आरतीकै पुष्टि भएको हो ।

प्राप्त शव आफ्नी छोरीको भएको पुष्टि भएपछि आरतीकी आमा राधिका खनालले हराएको समयदेखि नै जानकारी दिए पनि जापान प्रहरीले घटनाको राम्रोसग छानविन नगरेको गुनासो गर्दै आरतीको हत्या भएको आरोप सहित दोषीलाई कडा कारबाहीको माग गर्नुभएको छ ।


Post a Comment

0 Comments