भूकम्पका कारण जापानमा मृत्यु हुनेको संख्या २०६ पुगेको छ

Symbolic image of earthquake japan


७.६ म्याग्निच्युडमा गएको भूकम्पका कारण जापानमा मृत्यु हुनेको संख्या २०६ पुगेको छ।जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकअनुसार इशिकावा प्रान्तको नोतो क्षेत्रमा गएको भूकम्पका कारण प्रिफेक्चरमा २०६ जनाको मृत्यु भएको हो। उनीहरुको स्वास्थ्य अवस्था बिग्रिएका कारण मृत्यु भएको अनुमान गरिएको छ ।

बेपत्ताको संख्या घटेर ५२ पुगेको छ, तर भूकम्पबाट प्रभावित भएको कुनै सङ्केत नभए पनि प्रिफेक्चरल सरकारले पुग्न नसक्ने व्यक्तिको नाम सार्वजनिक गर्ने क्रम जारी रहेकाले यो सङ्ख्या दिनहुँ घट्दै गएको छ ।

भूकम्प पीडितको उद्धार र राहत वितरण अहिले पनि जारी रहेको बताइएको छ।प्रीफेक्चरल सरकारका अनुसार २६ हजार भन्दा बढी व्यक्तिहरू विस्थापित केन्द्रहरूमा रहेका र लगभग ३१०० बासिन्दाहरू क्षतिग्रस्त सडकहरूको कारण अझै नियमित सम्पर्कमा जोडिन सकेका छैनन ।जापानले हरेक वर्ष यस्ता भूकम्पको सामना गर्छ । यद्यपि, चार दशकभन्दा बढी समयदेखि लागु भएको कडा भवन संहिताका कारण त्यतिठूलो क्षति  भने भएको थिएन । पुराना संरचनाहरू भएका विशेष गरी नोटो जस्ता ग्रामीण क्षेत्रहरूमा भने अझै धेरै क्षति हुने गरेको छ ।   जापानमा सन् २०११ मार्च ११ मा हालसम्मकै शक्तिशाली भूकम्प गएको थियो। ९ म्याग्निच्युडको उक्त भूकम्पपछि आएको शक्तिशाली आँधीका कारण १८ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

Post a Comment

0 Comments