Room and apartment searching at Japan

 हरेक शहरमा उपयुक्त र सस्तो अपार्टमेन्ट खोज्नु भनेको सम्झनै मन नलाग्ने डरलाग्दो सपना बिर्सन खोज्नु जस्तै हो । यसमाथि विदेशमा अपार्टमेन्ट भाडामा खोज्ने कोशिश गर्दा त भाषागत अवरोध हुन्छ । यसले गर्दा अनुभव झनै दुष्कर हुन जान्छ ।
विशेषगरि टोकियो लगायत ठूला सहरहरुका पनि आफ्नै समस्या छन् । झन यहाँको भाडा बजारसम्बन्धी नियम अलि फरक छ । त्यसैले तपाई पनि जापानमा अपार्टमेन्ट भाडामा लिने तयारीमा हुनु हुन्छ भने यसका लागि तम्तयार रहने र सचेत रहनै पर्छ ।

अपार्टमेन्ट सर्ने व्यस्त समय

सर्वप्रथम, कहिले सर्ने भन्ने कुरा तपाईले रोज्न सक्नु हुन्छ भने अपार्टमेन्ट सर्ने व्यस्त समय सकेसम्म टार्नु होस् । अपार्टमेन्ट भाडामा लिनु भनेको व्यवसायीक कारोबार हो । अन्य व्यवसायझैं यो पनि आपूर्ति र मागसँग सम्बन्धित छ । एकै पटकमा धेरै जना मानिसहरु अपार्टमेन्ट सर्दैछन् भने रेन्टल एजेन्सी र घर मालिकहरु मथि पर्छन् । उनीहरुले आफ्नै परिप्रेक्ष्यबाट भाडामा बस्ने मानिसहरु रोज्न र छान्न सक्छन् । उनीहरुले अपार्टमेन्टको मूल्य धेरै राख्न सक्छन् । नयाँ रोजगारी वा कलेज, विश्वविद्यालयमा जानु अघि हतार–हतारमा अपार्टमेन्ट सर्नु पर्ने अवस्थामा रहेका मानिसहरुलाई अनाकर्षक घर तथा अपार्टमेन्टहरु लिन बाध्य बनाउन सक्छन् ।
अपार्टमेन्ट सर्ने सबैभन्दा व्यस्त मौसम भनेको मार्च आसपास हो । अप्रिलमा नयाँ शैक्षिक सत्र शुरु हुन अघि बाहिरबाट धेरै विदेशी विद्यार्थीहरु आउँछन् । भर्खरै पढाइ सकाएर कामको खोजिमा रहेकाहरुले ठूला कम्पनीहरुका ‘मास रिक्रुइमेन्ट’मा नयाँ काममा आबद्ध हुने बेला पनि त्यति बेला तिर पर्दछ । त्यसैले मार्चतिर अपार्टमेन्ट सर्नेहरुको




संख्या निकै धेरै हुन्छ ।
यसको साथै घरभाडामा बस्नेहरुबीच पनि प्रतिस्पर्धा हुन्छ । उनीहरुलाई अपार्टमेन्ट देखाउँदा देखाउँ रियल इस्टेट एजेन्टहरु पनि थकित र तनावमा हुन्छन् । बसाईसराईको व्यस्त मौसमले यससँग सम्बन्धित अन्य सेवाहरुलाई पनि प्रभावित बनाएको हुन्छ । यस्ते बेलामा सामान सार्ने कम्पनी, फर्निचर डेलिभरी, इन्टरनेट कनेक्शन लगायत सेवाका लागि तपाईले अलि लामो समय कुर्नुु पर्ने हुन सक्छ । कहिलेकाँही त मानिसहरुले इन्टरनेट कनेक्शनका लागि एक महिना भन्दा बढी कुरेका पनि छन् । इन्टरनेट सेवा प्रदायक जो भएपनि यस्तो अवस्थाबाट तपाई गुज्रिनु पर्ने हुन सक्छ । तपाई रोजगारीमा आबद्ध हुनु हुन्छ र कोठा सर्नका लागि तपाईसँग सप्ताहन्तको समय मात्रै उपलब्ध छ भने पखाई झनै लामो हुन सक्छ । तपाई नयाँ विद्यालयमा पढाई शुरु गर्ने वा नयाँ काम थाल्ने मध्ये एक हुनु हुन्छ भने तपाईले अप्रिल अघि नै सर्नु पर्दछ । तपाई पहिला देखि नै जापान बसिरहनु भएको छ भने केही महिना अघि नै बसाई सर्ने कोशिश गर्नुहोस् ।

भेदभावमा पर्नु हुनेछ

सन् २०१६ मा जापानको न्याय मन्त्रालयले एक सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणले पनि जापानमा रहँदै आएका विदेशीहरुले लामो समयदेखि रेन्टल बजार भेदभावले व्याप्त भएको गुनासो गरेका थिए भन्ने कुरा पुष्टि गरेको थियो ।
विदेशीहरुलाई गरिने भेदभाव देशपिच्छे फरक छ । केही देशका नागरिकलाई अरु भन्दा बढी नै भेदभाव गरिन्छ । तर भेदभाव हुने गुनासो सबै देशका नागरिकहरुले गर्ने गरेका छन् घरमालिकको अनुरोध भन्दै केहीलाई त प्रत्यक्ष रुपमा नै अपार्टमेन्ट उपलब्ध छैन भनिन्छ । वहालमा बस्न खोज्नेले अपार्टमेन्ट हेर्छु भन्दा कहिलेकाँही त अप्ठयारो स्थिति उत्पन्न हुन्छ । आफ्नै अगाडि रियल इस्टेट एजेन्टले फोन गर्दा घरमालिकले विदेशीलाई भाडामा दिने कानून छैन भन्यो भने तपाईलाई कस्तो महसुस होला ? पटक पटक यस्ता अस्वीकारको सामना गर्नु पर्दा व्यक्तिको मानसिक स्वास्थ्य कस्तो होला ? त्यसैले पहिला नै तयारी गर्नुहोस् अनि आफ्नो अगाडि यस्ता कुराकानी नसुनाउन एजेन्टलाई भन्न पनि सकिन्छ ।
यो भेदभावलाई रोक्न विदेशी-मैत्री रियल इस्टेट एजेन्सीहरुलाई विदेशी आप्रवासीहरु केन्द्रमा सीमित बनाएको छ भने त्यहाँ अपार्टमेन्ट महँगो पनि भएका छन् । अझ कयौं मानिसहरुले त शेयरहाउसमा बस्ने उपाय अपनाउन थालेका छन् । यस्ता घरहरुमा विदेशी नागरिकहरुले भेदभावको सामना गर्नु पर्दैन । जापानमा अपार्टमेन्ट भाडामा लिँदा लामो समयको करार गरिन्छ । तपाई छोटो अवधिका लागि मात्रै अपार्टमेन्ट भाडामा लिन खोन्दै हुनुहुन्छ भने यी दुबै विकल्प राम्रा छन् ।

खाली अपार्टमेन्ट

जापानमा अपार्टमेन्टहरु खाली हुन्छन् । त्यहाँ अपार्टमेन्टमा शौचलय, नुहाउने ठाउँ, किचनमा बेसिन अनि एयर कन्डिशनर मात्रै हुन्छन् । त्यहाँ रेफ्रिजिरेटर वा वाशिङ मशिन पनि हुन्छ भन्ने अपेक्षा नगर्नुहोला । फर्निचर हुँदैन । भाडामा बस्ने मानिसले आफ्नै फर्निचर ल्याउनु पर्छ । यस्तो हुनुको केही कारण छ । यी मध्ये एउटा भने अन्धविश्वास अनि मानिसहरुले अरुले प्रयोग गरेको फर्निचर चलाउन चाहँदैनन् भन्ने मान्यता पनि हो । नयाँ बहालवालाई प्रायः तातामी फ्लोरिङ निकालेर अर्को हाल्न भनिन्छ । ताकि अरु मानिस पहिला नै सुतिसकेको भुँईमा टेक्न वा सुत्न नपारोस् ।
लामो अवधिको भाडा सम्झौता गर्नेको लागि त यो ठिकै हो । तर पढाई वा कामको सिलसिलामा १-२ वर्ष मात्रै बस्ने कोठाहरुका लागि त यो झन्झटिलो छ, खर्चमाथि खर्चै मात्रै थपिन्छ । नयाँ फर्निचर किन्यो । पुराना फर्निचर सार्न मुभिङ कम्पनी खोज्दा गर्न झनै महँगो पर्छ । अपार्टमेन्ट सानो रहेछ भने त तपाईसँग पहिला देखि नै रहेको फर्निचर त्यसमा नअट्न सक्छ । यसलाई फाल्न पर्यो भने पनि पैसा तिर्नुपर्छ ।
तपाईले किन्न लागुन भएको वा सार्न लाग्नु भएको फर्निचर डिल ब्रोकर हो भने यसबारे पहिला नै थाहा पाएर अरु वैकल्पिक अपार्टमेन्ट हेर्नु उपर्यक्त हुन्छ । तपाईलाई फर्निचर चाहियो भने सस्ता रिसाइकल शप र अनलाइन शपहरुमा खोज्न सकिन्छ । किनकि जापानबाट बाहिर जाने मानिसहरुले प्रायः आफूसँग भएको फर्निचरहरु निकै सस्तो मूल्य वा निःशुल्क यस्ता शपहरुलाई दिन्छन् ।

अदृश्य शुल्क र उच्च लागत

अपार्टमेन्ट सर्दा अलि बढी खर्च लाग्छ भन्ने कुरा सबैले अपेक्षा गरेका हुन्छन् । तपाईले डिपोजिट तिर्नुपर्यो । सरेर अन्यत्र जाँदा यसको केही रकम फिर्ता भने हुन्छ । रियल इस्टेट एजेन्सीको लागि कम्तिमा १ महिनाको भाडा वा सो भन्दा धेरै रकम शुल्क तिर्नु पर्यो । तर यो सूचि अहिले सकिएको छैन ।
जापानी अपार्टमेन्टहरुले रियल इस्टेट एजेन्सी कमिशन र अन्य शुल्क बापत प्रायः शुरुआती भुक्तानीको रुपमा एक पटकमै २-३ महिनाको भाडा बराबरको पैसा माग्छन् ।

किमनी

जपानका बासिन्दाहरुलाई पीडा दिइरहेको एउटा विवादास्पद शुल्क हो: किमनी । यसलाई ‘कृतज्ञता पैसा’ को रुपमा अनुवाद गरिन्छ । उनीहरुलाई बस्न दिएकोमा बहालवाला आफूप्रति कृतज्ञ रहनु पर्छ भन्ने घरमालिकको लुटेरा प्रवृत्तिबाट यो अभ्यास शुरु भएको हो । यसमा प्रायः १ वा २ महिनाको भाडा बराबरको पैसा लाग्दछ ।
राम्रो कुरा के हो भने पछिल्लो समय यो शुल्क नलिने घरमालिकहरुको संख्या विस्तारै बढ्दै गइरहेको छ । अहिले त केहीले त डिपोजिटको रकम पनि लिन छाडेका छन् । महिना मर्नु अघि नै भाडा तिर्ने वा वहालवालाको बैंक खाताबाट स्वतः आफ्नो खातामा आउने प्रणाली भएपछि घरबेटीलाई अरु जमानी किन चाहियो ?

सम्झौता विस्तार शुल्क

आफ्नो सम्झौता कहिले सकिँदैछ चेक गर्नुहोस् । तपाईलाई अपार्टमेन्ट धेरै मन पर्यो भने छोटा अवधिको सम्झौता गरेर पैसा खेर नफाल्नु होला । किनकि केही रियल इस्टेट कम्पनीहरुले पहिलाकै सम्झौता विस्तार गर्न पुनः हस्ताक्षर गर्दा नयाँ अपार्टमेन्टकै सरह शुल्क लगाउँछन । यसका लागि थोरै शुल्कले पुग्दैन । यो प्रायः १ महिनाको भाडा बराबर हुन्छ ।

जमानीकर्ता कम्पनी शुल्क

तपाईले विदेशीहरुलाई स्वीकार्ने ठाउँ पाउनु भयो भने पनि तपाईको जमानी दिने अरु कोही हुनु पर्छ । जमानीकर्ताबारे धेरै कुरा खुलाइएको हुँदैन । तर यो प्रायः तपाईले चिनेको जापानी मानिस हुनु पर्छ । जापान आउने धेरैजनासँग यस्तो कोही हुँदैन । त्यसैले जमानीकर्ता कम्पनीहरु अस्तित्वमा आएका हुन् । यस्ता कम्पनीहरु रियल इस्टेट कम्पनीहरुसँग जोडिएका हुन्छन । तपाईसँग जापानी जमानीकर्ता भएपनि उनीहरुले एक मात्र विकल्पको रुपमा काम गर्छन् । कहिले काँही त एजेन्सी कम्पनीहरुले आफू आबद्ध रहेको जमानीकर्ता कम्पनीबाहेक अरु कसैलाई पनि स्वीकार गर्दैनन् । आफूसँग जमानी बस्न इच्छुक जापानी साथ, सहकर्मी, हाकिम वा प्राध्यापक भएपनि आफूलाई जमानी बस्ने कम्पनीलाई पैसा तिर्न बाध्य बनाएको भन्ने खालका गुनासा पनि सुन्नमा आएका छन् ।
पक्कै पनि, यसको पनि पैसा लाग्छ । सम्झौता नवीकरण गर्दा यसको पनि नवीकरण गर्नु पर्छ ।

बीमा शुल्क

अपार्टमेन्ट भाडामा लिँदा बीमा शुल्क छुट्याउन नबिर्सनुहोला । बीमा शुल्क लगभग शून्य दशमलव ५ महिनाको भाडा बराबर लाग्छ । यसले भुँइचालोका कारण भएको क्षति भने कभर गर्दैन । प्रायः बीमाले चोरी वा आलगागी जस्ता घटनाहरुको मात्रै कभर गर्छ । आफूले हस्ताक्षर गर्न थाल्नु भएको बीमा पोलिसीमा के के छ हस्ताक्षर गर्नु भन्दा अघि हेर्नुहोला ।

अन्य शुल्कहरु

अपार्टमेन्ट व्यवस्थापक शुल्क -मासिक, करीब ५ हजार येन, सरसफाई शुल्क करीब १० हजार येन, ताल्च फेर्ने शुल्क १० हजार येन आदि शुल्कहरु पनि तपाईले तिर्नै पर्छ ।
यी सबै कुरा पहिला नै थाहा पाइराखे अपार्टमेन्ट खोज्दा तपाई अलि विश्वस्त महसुस गर्न सक्नु हुनेछ । अनि नयाँ कोठामा सर्ने समय, एजेन्सी र एजेन्ट छान्ने विषयमा तपाईलाई सहज हुनेछ । आफूले तिर्न पर्ने केही अतिरिक्त लागत तिर्नबाट बच्न सक्नु हुनेछ र पैसा बचाउन सक्नु हुन्छ । यो बाहेक पनि, फाइदा र बेफाइदाबारे थाहा पाइराख्दा अपार्टमेन्ट खोज्न शुरु गर्दा तपाईको मूल्यवान समय र पैसा बच्छ भने तनाव पनि कम हुन्छ source : neeparu.com

Post a Comment

0 Comments