विदेशी विशेष क्षमता भएका दक्ष जनशक्तिलाई भिसा प्रक्रियामा सरल गर्ने


 जापानले विदेशी विशेष क्षमता भएका दक्ष जनशक्तिलाई भिसा प्रक्रियामा सरलीकृत गर्दै फास्ट ट्र्याकबाट भिसा दिने भएकोछ। उन्नत व्यापार  व्यवस्थापन गतिविधिमा आवेदन गर्नेहरूका लागि  वर्ष वा सोभन्दा बढीको रोजगारी रेकर्ड  वार्षिक ४० मिलियनयेन आम्दानी भएमा जापानले  वर्षको भिसा दिनेछ। 

मन्त्रीस्तरीय बैठकले युवा विदेशी दक्ष जनशक्तिलाई जापानमा रोजगारी खोज्न सहज बनाउन यस्तो निर्णय गरेको हो। जापानकोअध्यागमन सेवा एजेन्सीद्वारा तोकिएको विश्व वरियता सूचीमा शीर्ष सयमा परेका विश्वविद्यालयबाट स्नातक गरेका विदेशीलाईनिर्दिष्ट गतिविधि’ भिसा दिइनेछ। जसले उनीहरूलाई जागिर खाँदै दुई वर्षसम्म बस्न सक्षम बनाउने छ। सरकारले जनताको राय लिएरअप्रिलमा नयाँ पद्धति सुरु गर्ने लक्ष्य राखेको छ। भिसा प्रदान गर्न शैक्षिकरोजगारी पृष्ठभूमि  वार्षिक आम्दानीसहितका योग्यतालाईबिन्दुमा आधारित प्रणालीलाई अबलम्वन गर्ने बताइएको छ। दक्ष कामदार प्राप्त गर्ने विश्वव्यापी दौडले तातेको यस समयमा दक्षजनशक्ति पाउन जटिल देखिएको विश्लेषकहरूको भनाइ छ। सरलीकृत आवश्यकताअन्तर्गत  वर्षको भिसा प्राप्त गर्नेहरूले पनिहालका धारकहरूका लागि  वर्षको तुलनामा एक वर्षको बसोबासपछि स्थायी भिसाका लागि योग्य हुनेछन्। ‘लागू गर्न लागिएको नयाँप्रणालीले उच्चस्तरीय क्षमता भएकाहरूलाई प्राथमिकता दिनेछ’, मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले मन्त्रीस्तरीय बैठकमाबताए। २०१२ मा सुरु गरिएको वर्तमान प्रणालीअन्तर्गतगत वर्ष जुनसम्म कुल ३४ हजार  सय २६ व्यक्तिले  वर्षे भिसा प्राप्त गरेकाथिए।

Post a Comment

0 Comments