जापानको प्रधानमन्त्री किसिदा बिश्व प्रभावशाली को सूचीमा



जापानका प्रधानमन्त्री फुमिओ किशिदा विशवका प्रभावशाली व्यक्तित्वहरुको सूचिमा परेका छन् । टाइम म्यागजिनको २०२३ को सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूचीमा किशिदा पनि परेका छन् । सूचि बिहिबार सार्वजनिक गरिएको थियो ।

छिमेकी देश दक्षिण कोरियासँगको सम्बन्ध सुधार गर्न र यस क्षेत्रमा बढ्दो तनावबीच देशको रक्षा खर्च बढाउन किशिदाले जापानी विदेश नीतिमा क्रान्ति ल्याउने योजना बनाएको भन्दै टाइम्सले किशिदाको सम्मान गरेको छ । उनको सोही प्रयासको प्रभावलाई मुल्यांकन गरेर किशिदालाई प्रभावशाली व्यक्तिको रुपमा छानिएको हो ।

किशिदाले कानूनको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई कायम राख्ने अनि र विश्व शान्ति एवम् समृद्धिको रक्षा गर्न प्रयास गर्ने विश्वास टाइम्सको छ । किशिदासँगै चर्चित जापानी भिडियो गेम निर्देशक हिदेताकी मियाजाकी पनि सूचिमा पर्न सफल भएका छन् । किशिदा लिडर्सको सूचिमा छन् भने हिदेताकी इनोभेटर्सको सूचीमा छन् ।बिस्वों

Post a Comment

0 Comments