जापानको पर्यटन क्षेत्रको चहल पहल बढ्दो

JAPAN SANDESH

केहि समययता निरन्तर बढेको  जापानको पर्यटन क्षेत्रको चहल पहल गत जनवरी महिनामा थप उत्कर्षमा पुगेको एक सरकारी तथ्याङ्कले जनाएको छ । गत बुधबार सार्वजनिक एक सरकारी तथ्याङ्क अनुसार यस वर्षको पहिलाको

Japan sandesh

 महिना जनवरीमा एकै महिनामा २६ लाख भन्दा धेरै पर्यटकहरु जापान भित्रिए ।जापानको  राष्ट्रिय पर्यटन संगठनका अनुसार,जनवरी महिनामा जापानमा २६ लाख ९० हजार  पर्यटकहरु भित्रिए । यो  संख्या गत वर्षको डिसेम्बर महिनाको तुलनामा  भने केहि मात्रामा घटेको हो । गत डिसेम्बर महिनामा जापानमा २७ लाख ३० हजार पर्यटकहरु भित्रिएका थिए ।जनवरी महिनाको १ तारिख इसिकावा प्रिफेक्चर केन्द्र भइ गएको भुकम्पका कारण अघिल्लो महिनाको तुलनामा केहि मात्रामा पर्यटकहरुको आगमन कम भएको देखिएको छ ।यद्यपी कमजोर जापानी येन तथा कोभिड पछिको स्वतन्त्र वातावरणका कारण जापानमा विश्वभरको पर्यटकहरुको आकर्षण बढ्दो छ ।

Post a Comment

0 Comments